धनुषा : १२ वटा मोटरसहित एक युवक पक्राउ

न्यूज डेस्क     २०८० भाद्र १९, मंगलवार ०८:२४ बजे मा प्रकासित


जनकपुरधाम, भदौ १८ गते । धनुषा प्रहरीले चोरीको १२ वटा पानी तान्ने मोटरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर २ का १९ वर्षीय शिवकुमार महरा छन् ।

उनलाई आइतबार बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलिले पक्राउ गरेको हो ।

महराको साथबाट विभिन्न समयमा चोरी भएको पानी तान्ने १२ वटा मोटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महरामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top