विष्णुदेव सरदार,लहान, १९ भदौ । सिराहाको पुर्व- पश्चिम हुलाकी राजमार्गस्थित पर्ने औरही गाउँपालिका -५ गागन खोलामा लामो समयदेखि पुल नबन्दा आबतजाबतमा समस्या हुने गरेको छ।
यतिबेला गागन पुलको अवस्था निर्माधीन र अलपत्र अवस्थामा रहेको पाइएको छ।समयमा पुल नबन्दा आबतजाबतमा पुर्णरुपमा यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने गर्छन् ।
निर्माण कम्पनीले काम शुरु गरेको ३ वर्षमा मात्रै लगभग ६५ प्रतिशत काम पूरा गरेको अवस्था छ।
वि. सं २०७६ सालमा ठेक्का लिएका ठेक्केदारले तीनवर्ष भित्र काम पुरा गर्ने गरि ठेक्का सम्झौता गरिएको थियोे ।
यता, हिराचन रोशन कन्स्ट्रक्सन प्रालिले समयमा पुल बनाउन नसक्दा हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधाममा निवेदन दिइएका छन् ।
यो सँगै, हुलाकी सडक खण्डमा अधिकाँश ठाउँमा कालोपत्रेको काम सकिएता पनि दर्जनौं पुलको अवस्था लथालिङ्ग अवस्थामा रहेको छ, जसले गर्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य बन्दै आएका छन् ।
यात्रुहरु भन्छन् – ” निर्माण कम्पनी / व्यवसायीको लापरबाही र ढिलासुस्तीका कारण राजमार्गमा पुल नबन्दा सबैलाई समस्या हुने गरेको बताउँछन् ।
जसको प्रत्यक्ष असर विद्यालयको स्कुल बस, मोबाइल साईकल , अटो टेम्पो हिलाम्य र पानीको रेतबाट आबतजाबत ओहोरदोहोर गर्नु परेको छ।
सिरहाको कमल नदी बलानसम्मको करिब २९ दशमलव ८८ किलोमिटर सडक कालोपत्र भईसक्दा समेत पुलको काम पूरा नहुँदा सहजरुपमा यातायात हुन सकेको छैन ।
यात्रुहरु भन्छन् -” यदि भगवानपुरबाट यात्रा गरियौं भने- कमला पुलसम्म निकै समय खर्चिनु पर्ने अवस्था रहेको बताउँछन् सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका -१ पिप्रा प्र.ध.का रामसुफल बाँतर ।
रामसुफल बाँतर भन्छन् – कालोपत्रेको बाटो सहज भएता पनि- पुलको समस्याले पुल ‘ पार’ गर्न आधी घण्टा बढी समय लाग्ने गरेको बताउँछन् । उनले भने – मधेश जहिले पनि विकासको नाममा पछि पर्ने गरेको गुनासो गर्छन् । विकासको नाममा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरि व्यापपक भ्रष्टाचार र अनियमितता गर्छन् । उदाहरणका लागि कमला नदीको पुल छिटफुट वर्षामै पुल क्षतिग्रस्त भयो । जबसम्म जनता र सम्बन्धित निकाय ठोस कदम र जागरुक हुदैन तबसम्म लापरबाही हुने नै हो । ठेक्केदारले यदि समयमा काम पूरा गरिएन भने – ठेक्केदारको लगानी नदिदा आँफै ठेकेदारहरु सुध्रिन्छ।
निकाय ठेक्केदार कम्पनीहरु भन्छन् – हामी सकेसम्म राम्रो गुणस्तर सामान प्रयोग गरिदै आएका छौं – लगभग सबै पुलको काम पनि तयारी अवस्था छ। थोरै काम बाँकी रहेको बताउँछन् ।
यता, मुतनी धार पुलको ठेक्का लिएका अरनिको लामा बागमती जे. भी. कन्सट्रकसन काठमाडौंले २०७२ सालमा ठेक्का समझौता गरेको २०८० साल लाग्दा निर्माण कामपूरा गर्न सकेको छैन ।








प्रतिक्रिया