महोत्तरी : विद्यार्थी र प्रहरीबीच झडप भएपछि केही विद्यार्थी र प्रहरी घाइते

न्यूज डेस्क     २०८० भाद्र १९, मंगलवार २३:०६ बजे मा प्रकासित


महोत्तरी, १९ भदौ । महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । शिक्षक सरुवा गरिएको विषयलाई लिएर मंगलबार दिउँसो सोनमा माध्यमिक विद्यालयका विद्यार्थीले गाउँपालिका कार्यालयमा तोडफोड गर्न थालेपछि झडप भएको हो ।

विद्यार्थीहरूले गाउँपालिका कार्यालय र प्रहरीमाथि ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी सेल अश्रुग्याँस प्रहार गरेको थियो । झडपका क्रममा केही विद्यार्थी र प्रहरी घाइते भएका छन् ।

उनीहरूले प्रहरीको गाडीमा ढुङ्गामुढा र दुईवटा मोटरसाइकलमा आगो लगाइदिएपछि झडप भएको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताए । प्रहरीले घटनामा संलग्न सात जनालाई नियन्त्रणमा लिएको छ । विद्यालयमा तीन शिक्षकको सरुवा गरिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया





Top