जनकपुर : क्रिश्चियन धर्ममा परिवर्तन गराउने महिला-पुरुषलाई रामधुलाई पछि कालोमोसो

न्यूज डेस्क     २०८० भाद्र १९, मंगलवार २३:१९ बजे मा प्रकासित


जनकपुरधाम । क्रिश्चियन धर्मको प्रचार गरी धर्मान्तरण गराउने महिला-पुरुषलाई जनकपुरमा कालोमोसो गरिएको छ । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने क्रममा महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका हुन् ।

नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेको बताएको छ ।

 

हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् ।अहिले उनी दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

एक महिला र पुरुषलाई अहिले भर्खर ल्याएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । पछिल्लो समय क्रिश्चियनहरुले मधेशमा व्याप्त मात्रामा सिधासोझा हिन्दु धर्मावलम्बीलाई लक्षित गरि प्रमेश्वर पिताको नाममा भुतप्रेत भाग्ने, रोग कष्टबाट मुक्त हुने भन्दै प्रचार गर्ने गरेका छन् । कतिपय ठाउँमा उनीहरुलाई अवरोध समेत गर्ने गरिएको छ ।

प्रतिक्रिया





Top