काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार एकजना पक्राउ

मधेशपाटी अनलाइन     २०८० भाद्र २०, बुधबार १५:१४ बजे मा प्रकासित


जनकपुरधाम, भदौ २० गते ।नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट उनी घाइते भएका छन् ।

काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।घाइते यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एकजनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुशीलबाबु सापकोटा रहेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

प्रतिक्रिया





Top