रौतहट । मधेश प्रदेशको राैतहटमा केही बर्ष अगाडी भोजन गर्दै गर्दा एक साधुलाई गोली हानेर हत्या गरेको घटना नसेलाउँदै पुनः एक साधु उपर ज्यानै मार्ने हमला भएको छ । साधु साहको टाउकोमा धारिलो हतियार प्रहार गरिएको हो ।
रौतहटको दुर्गा भगवति गाउँपालिका वडा नं. ३ देवीपर्सा टोलस्थित रहेको रामजानकी मन्दिरका पुजारीमाथि गएराती आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहिवार राति करिब ११ बजेको समयमा मन्दिरका पुजारी साधु मिश्रीलाल साहलाई दुध उमाली रहेका अवस्थामा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरि गम्भीर घाइते बनाएको छ।
महन्थको उपचार दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ पिपरा बजार स्थित भईरहेको जनाईएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हाे ।
प्रतिक्रिया