सर्लाही, धोविनिया । सर्लाहीको धनकौल गाउँपालिका वार्ड न. १ धोविनिया जनकल्याण माध्यमिक विधालयको प्रधानाध्यापकमा तेजनारयण महतो लाई सिफारिस गरिएको छ ।
विधालयको प्रधानाध्यापकको अनिवार्य नियमित अवकाश भएपछि महतोलाई जिम्मेवारी दिएको विधालयका पुर्व प्रधानाध्यापक महादेव महतोले जानकारी दिए ।
विधालयको एक मात्र स्थायी शिक्षक उहाँ नै भएका कारणले अर्को व्यवस्था नभएसम्मका लागि उहाँलाई सम्पुर्ण जिम्मेवारी सहित निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिईएको पुर्व प्रधानाध्यापक महादेव महतो भनाई छ ।
धनकौल वार्ड न. ५ हरकठवा निवासी तेजनारायण महतो विस २०७५ सालको स्थायी भएका थिए । पहिला उहाँ नव जनकल्याण मावी शंकरपुरमा कार्यरत थिए । २०७८ माघ महिनामा प्रस्तावित मावि धोविनियामा विज्ञान शिक्षकका रुपमा सरुवा भएर आएका थिए ।
विस २०३९ सालमा स्थापना भएका जनकल्याण मावी धोविनिया यो बर्ष आफनो पहिलो एसइइ ब्याच निकाल्न सफल भएको हो ।
प्रतिक्रिया