संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा,शोकमा सार्वजनिक बिदा

मधेशपाटी अनलाइन     २०८० भाद्र २८, बिहीबार १२:०१ बजे मा प्रकासित


जनकपुरधाम,भदौ २८ गते । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

शव अन्त्येष्टिका लागि बालुवाटार निवासबाट निकालिएको छ । बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो ।

शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सहभागी छन् । बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिने नेकपा एमालेले जनाएको छ ।

नेम्वाङको मंगलबार राति हृदयघातबाट मृत्यु भएको थियो ।नेम्वाङको शोकमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया





Top