पत्रकार यादवमाथि धारिलो हतियार प्रहार गर्ने नवल पक्राउ

न्यूज डेस्क     २०८० भाद्र २८, बिहीबार १८:४४ बजे मा प्रकासित


जनकपुरधाम। सिरहा जिल्लाको औरहीमा पत्रकार सन्तोष यादवमाथि सांघातिक आक्रमण गर्ने नवल किशोर यादवलाई प्रहरीले पक्राउ गरेका छन् । चिया पिउने क्रममा पत्रकार यादवमाथि गाँजा काट्ने धारिलो हतियार प्रहार गर्ने प्रयास भएको थियो ।

घटनापछि नवल किशोर यादव र उनका भतिजा प्रभु यादवलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । नवल किशोर यादवले सामाजिक संजालमा पत्रकार यादवको चरित्रहत्या गर्नेगरी अपशब्दहरु लेखेका थिए । सो विषयमा विवादपछि हातहालाहालको स्थित सृजना भएको थियो । स्थानीयले घटना शान्त पारिसकेको अबस्थामा नवल किशोर यादवका भतिजा प्रभु यादवले पत्रकार यादवको गर्दनमा धारिलो हतियार प्रहार गरेको बुझिएको छ ।

हतियार प्रहारबाट गर्दनमा हल्का घाउ लागेको छ । घटनापछि प्रहरीले नवल किशोर यादव र उनका भतिजालाई पक्राउ गरेपछि अबस्था सामान्य बनेको छ । नवल किशोर यादव चरित्रहीन व्यक्ति रहेको स्थानीय बताउँछन् । केहि पहिला गाउँमै एक व्यक्तिको घरमा रातिको समयमा गलत नियतले पसेपछि उनलाई गाउँलेले बाँधेर जरिवाना गरेको थियो । उनी सामाजिक संजालमा जथाभावी लेखेकै कारण पटक पटक विवादमा पर्छन् ।

प्रतिक्रिया





Top