जनकपुर : लागूऔषध गाँजासहित दुईजना प्रहरीको नियन्त्रणमा

न्यूज डेस्क     २०८० भाद्र २९, शुक्रबार १७:४७ बजे मा प्रकासित


जनकपुरधाम, भदौ २९ गते । लागूऔषध गाँजासहित धनुषा प्रहरीले दुईजनालाई पक्राउ गरेका छन ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ जनकपुरधाम–ढल्केबर सडक खण्डमा प्रतिबन्धीत लागूऔषध गाँजा प्रदेश २–०२–००१ प ०६२४ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई बिहिबार राति ढल्केवरबाट जनकपुरधामतर्फ लगी रहेको सुचनाको आधारमा दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ ७ बस्ने ५० वर्षीय राज कुमार महतो र वडा नं. ५ बस्ने ३५ वर्षीय मनोज कुमार पण्डित रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीले उनीहरुले बोकेको झोलाबाट ९ केजी गाँजा बरामद गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

धनुषा जिल्ला अदालतबाट लागूऔषध मुद्दा शिर्षकमा १० दिनको म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया





Top