जनकपुरधाम । आफू घुमुवा प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्ने क्रममा एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कमला नगरपालिका वडा नम्बर ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेका छन् ।
धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा जनकपुरधाम २४ सोनापराका सुरज मण्डल, सुमित कुमार राम र विदेह नगरपालिका ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी भन्दै धाक लगाएर ४ हजार रुपैयाँ खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ ।उनीसँगै रहेका अर्का एक व्यक्ति भने फरार रहेको र उनको पनि खोजी गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
अमरेशले चलाएको ज १० प ३७०५ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।
प्रतिक्रिया