जनकपुर : निर्माण जन्य सामाग्री परीक्षणको सुविधाजनक प्रयोगशाला स्थापना

मधेशपाटी अनलाइन     २०८० आश्विन १, सोमबार १८:४५ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सोमवार एक कार्यक्रम बीच निर्माण जन्य सामाग्री परीक्षणको अति सुविधाजनक प्रयोगशालाको शुभारम्भ भएको छ ।

जनकपुर उप महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले प्रयोगशालाको उद्घाटन गर्दै हाम्रो जनकपुरमा अति सुविधा जनक प्रयोगशाला नभएको बेलामा यस प्रयोगशालाले गुणस्तरिय निर्माण कार्यमा अति टेवा पुर्‍याउने बताउनु भयो।

उहाँले यस प्रयोगशालामा अति सुविधाजनक आधुनिक मेशिनहरु जडान भएको र यसले गुणस्तर विकास निर्माणमा मदत पुग्ने बताउनु भयो।

अति सुविधा सम्पन्न सिभिल इन्जिनियरिङ्ग फिल्डमा निर्माण सम्बन्धि प्रयोग हुने सम्पूर्ण निर्माण सामाग्रीहरु को गुणस्तर परीक्षण गर्ने जस्तै छड,बालुवा, गिट्टी, ढुंगा, ईटा, सिमेन्ट र बिटमिन लगायतका निर्माण सामाग्रीहरू को परीक्षण गर्ने प्रयोगशालाका डाइरेक्टर इन्जिनियर राजीव कापरले बाताए ।

उद्‌घाटन कार्यक्रममा संघिय आयोजना कार्यालय धनुषाका कार्यालय प्रमुख इ. प्रदीप खानाल र इन्जिनियरिङ्ग एशोशिएसन मधेश प्रदेशका सभापति इ. गौरी पंडीत, निर्माण व्यवसायका प्रतिनिधिहरु तथा विभिन्न फिल्डमा काम गर्ने इन्जिनियरहरु सहित सम्बन्धित निकायका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया





Top