शिक्षा प्रेमी , समाजसेवी ईन्जिनियर

न्यूज डेस्क     २०८० आश्विन ६, शनिबार ०९:०७ बजे मा प्रकासित


ईन्जिनियर थरी–थरीका हुन्छ, तर ती ईन्जिनियरहरु मध्ये आफ्ना प्रोफेसन’ सँगै अन्य काममा पनि तलिन हुनेका खालका कमै हुन्छन् ।
यस्तै हुन नवराजपुरबासी ई. सन्तोष कुमार यादव, सानै देखि पढ्नमा अबल थिए । एस.एल सि सँग प्लस टु’ मा राम्रै अंकले पास भएर पुल्चौकमा ईन्जिनियर बन्ने हुट्टी लिएर कडा प्रतिस्पार्धा बिच भर्ना भएका थिए ।

पढ्नसँग अन्य क्रियाकलापमा संलग्न हुने खोज्थे केहि सिकौ, केहि गरौँ । त्यहीँ दौरानामा पुल्चौक क्याम्पसमा राष्ट्रियस्तरका शैक्षिक प्रदर्शनी भयो उ पनि भाग लिएर अनुभव लिन पाए, उसको लागि पुरा नयाँ नै थियो । यस्तो पनि हुन्छ र ? हेरे अचम्मित नै भएको थियो । अनि, उसले सोच्यो यो कुरा मलाई थाहा थिएन म जुन ठाउँबाट आएको छु त्यता तिरका बासीलाई थाह हुने कुरै भएन । यस्ता कार्यक्रमहरु म आफ्नो घरतिर, गाउँ तिर गराउँछु सोचेले उ लहानमा पहिलो पल्ट लहान विज्ञान तथा कला प्रदर्शनी, २०७२ आयोजना गराउन सफल भयो ।

जसमा १०, ००० भन्दा बढि व्यक्तिहरुले प्रदर्शनी अवलोकन गरेको थियो भने ३० भन्दा बढि विधालयहरुबाट ५५० भन्दा बढि विधार्थीहरुको सहभागिता थियो । यस्ता कार्यक्रम गराउन सजह थिएन उसका लागि धेरै नै संहर्ष गर्नु परको थियो ।
यस्तका कार्यक्रम सबैका लागि नयाँ थियो, सुरुमा टिम बनाउन गाह्रो भयो । जसो तसो युवाहरुलाई जोडेर टिम बनायो । विधालयहरुलाई सहभागिताका लागि विधालयहरुमा गएर हरेक कुरा बुझायो, निजि विधालयहरु त अर्को निजि विधालयमा सहभागि भएर पनि जान्न नमान्ने खालका थियो । कार्यक्रम सफल बनाउन आर्थिक रुपमा सहयोगीहरु भेटाउन पनि गाह्रो थियो, तर उ हार मानेन जसरी पनि सफल गराएका थिए कार्यक्रम, उसले सिकेका कुरा मानिसहरु बडो अजिब हुन्छन्, नृत्य, डान्स तथा अन्य कार्यक्रमहरुमा सहजै सहयोग जुट्छ तर यस्ता शिक्षालाई सबल बनाउने कार्यक्रमहरुमा गाह्रो छ ।

 

यस कार्यक्रम सफल भए पछि हौसला अझै बढ्यो । झन अझै यस्तै कार्यक्रम गराउने हुट्टीले ईन्जिनियर यादवले नवराजपुरमा पहिलो पल्ट नवराजपुर विज्ञान तथा कला प्रदर्शनी, २०७३ गराउन सफल भएका थियो । जसमा ४४५ विधार्थीहरुको सहभागित थियो भने २२ वटा सामुदायिक विधालयहरु सहभागि भएका थियो । २०७४ मा गोलबजार शैक्षिक प्रदर्शनी गराएका थिए, जहाँ हाजिरी जवाफ प्रतियोगिता लगायत आरम्भव सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्यायो जुन अझै पुस्तकालय अहिले सुचारु नै छ ।

वर्ष २०७६ मा गोलबजार एक्पो गराएका थियो । सन्तोष शिक्षा क्षेत्रमा योगदान दिन अवसर पाउन साथ कहिले पनि रोकिएन । एक्पोमा ५०० जना विधार्थीहरु सहभागितसँग ३५ भन्दा बढि विधालयहरुको सक्रिय सहभागिता थियो । त्यहि वर्ष युवतीहरुलाई लक्षित गरेर महिनावारीको समयमा पुनः प्रयोग हुने प्याड बनाउने तालिम संचालन गराउन सफल भएका थिए ।
ईन्जिनियर सन्तोषले यस अन्तरालमा विभिन्न कार्यक्रम सम्मानित पनि भएका थिए । किँस कलेज, काठमाडौमा आयोजना भएको एक कार्यक्रममा प्लास्टिकलाई पुनः प्रयोग गरेर ईटा बनाउन सकिन्छ भने आईडिया प्रस्तुतीकरण गरे पछि प्रतियोगितामा दोस्रो स्थान ल्याउन सफल भएका थिए र नेपाल पुर्वाधार समिट, २०१९ मा पनि सहभागि भएका थिए त्यहीँ आईडिया मार्फत प्रथम स्थान ल्याउन सफल भए ।

ईन्जिनियर यादवले यति काम गर्दा गर्दै पनि पढाईलाई पछाडि राखेन्न् । ईन्जिनियरमा पास भए पनि केहि समय भविष्य निमार्णका लागि काममा लागे र देशका १८ भन्दा बढि जिल्लाहरुमा काम गरेका थिए । सबै ठाउँका राजनितिक, सामाजिक, भौगौलिक, आर्थिक तथा संस्कृति अवस्थाहरुलाई हेर्न पाए र सिक्नु पर्ने कुराहरु सिकेर अन्य तरिकाले पनि सामाजका लागि योगदान पुर्याउनु पर्छ भान भयो र रगत व्यवस्थापन अभियानमा लागे ।
ब्लड फर नेपाल टिम सिरहाका संयोजकको रुपमा काम गर्दैछ । साथै मिथिला सोसल क्लब स्थापना गरि रगत व्यवस्थापन लगायत, विभिन्न कार्यक्रमहरुमा पानि वितरण गर्ने गरेको छन् । २०७९, वर्षमा काठमाडौमा अर्विट ईन्जिनियरिङ्ग कार्यक्रम राष्ट्रियस्तरका गराउनमा अह्म भुमिका खेलको थिए भने उदयपुर जिल्लामा पहिलो पल्ट रौतामाई विज्ञान तथा कला प्रदर्शनी, २०७९ को आयोजनामा संयोजकको भुमिका निर्वाह गरेका थिए । सँग–सँगै मिथिला कलालाई प्रदर्शन गर्नका लागि विभिन्न कार्यक्रममा सहभागि हुँदै आएका छ ।

 

ईन्जिनियर ज्यु आफ्नै जन्मभुमिमा पहिलो पल्ट रक्तदान कार्यक्रम गराउन सफल भएका थिए जसको फलस्वरुप उक्त उसको आफ्नो गाउँमा नेपाल रेडक्रस सोसाईटिको उपशाखा सञ्चालनमा आएको छ तर आफ्नै ठाउँमा कार्यक्रम गराउन अलि गाह्रो हुने रहेछ । यदि साथ र सहयोग भयो भने जहाँ पनि विभिन्न कार्यक्रम गराउन सकिने रहेछ भने यादव जिको बुझाई छ । आत्मसन्तुष्टिका लागि यी कामहरु पनि गर्नु पर्छ जस्तो लागछ ।

आउदो कार्तिक २२ र २३ गते बरियारपट्टीमा बिज्ञान तथा कला प्रदर्शनी हुने यादवले बताएका छन ।

प्रतिक्रिया





Top