जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृहनगर सबैलामा आएपछि भव्य स्वागत गरिएको छ ।
मन्त्री बनेदेखि पहिलो पटक उनी आफ्नो गृह गाउँ पुगेकी संघिय मन्त्री अनिता साहले समग्र बिकासको लागि आफू राजनितिमा आएकी छिन। जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेकी छन् ।
जनमत पार्टीबाट २०७९ को प्रतिनिधि सभाको निर्वाचनबाट समानुपातिक सांसद बनेकी मन्त्री साह संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलोपटक शनिबार आफ्नो गृह घर सबैला पुग्दा सवैले भब्य स्वागत गरेका थिए।
शनिबार गृह गाउँ सबैला आएकी मन्त्री साहलाइ सबैला नगरपालिकाका मेयर कारिराम यादव , विभिन्न वडाका वडाध्यक्ष लगायत स्थानियले फुल माला ,अबिर लगाएर भब्य स्वागत गरेका थिए लगत्तै मौसम कारण मन्त्री साहले सानो समयमै वर बुजुर्गबाट आशिर्वाद ग्रहण गर्दै जनकपुर एक कार्यक्रममा फर्किएकी थिइन।
मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल बन्द गरेको र यसलाई व्यवस्थित गर्न लागिपरेको बताइन् । उनले आफू मन्त्री बनेदेखि सरुवा बढुवामा चलखेल नभएको दावी गरिन् ।








प्रतिक्रिया