बैंकबाट पैसा झिकेर फर्किने क्रममा ६ लाख पचास हजार रुपैयाँ लुटियो

न्यूज डेस्क     २०८० आश्विन ७, आईतवार २१:२३ बजे मा प्रकासित


महोत्तरी । महोत्तरीमा एक जनाकाे पैसा लुटिएकाे हाे । बैँकबाट रकम झिकेर आउँदै गर्दा बाटोमै लुटिएका छन ।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ११ भरतपुर बस्ने स्थानीय शम्भु महतोको ६ लाख ५० हजार रुपैयाँ गौशाला बजारबाट लुटिएको प्रहरीले जनाएको छ ।

 

एनआईसी एसिया बैंकको गौशाला शाखाबाट सो रकम निकालेर घरतिर फर्किने क्रममा मोटरसाइकलमा सवार भएर आएका अज्ञात समूहले लुटेर फरार भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

ओखलढुंगामा रहेको छोरी ज्वाईले सापटीस्वरूप पठाएको रकम बैंकबाट झिक्ने बित्तिकै अज्ञात समूहले लुटेर लगेको पीडित महतोले बताएका छन ।लुटपाट गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक मनोज यादवले बताएका हुन ।

प्रतिक्रिया





Top