लाहानमा जेब्रा क्रसिङ पार्किंग स्थल बन्दै ।

न्यूज डेस्क     २०८० आश्विन ८, सोमबार ०३:११ बजे मा प्रकासित


लहान। सिरहाको लहान नगरपालिका भित्र अब्यबस्थित पार्किंग भइरहँदा पनि निकाय मौन बनेको छ ।

पूर्व पश्चिम राजमार्गको दाया बाया हुँदै आएको गाडी पार्किंगले आवत जावतमा कठिनाई हुँदै आएको अवस्थामा लहानको सहिद चोक स्थित रहेको जेब्रा क्रसिङ साना गाडीहरुको पार्किङ स्थल बनिरहेको अवस्था छ ।

यात्रुलाई आवत जावत गर्नका लागि बनाइएको उक्त ठाउँमा चालकहरुले नियमको धज्जी उडाउदै आरामले गाडी रोकेर बसिरहँदा पनि सुरक्षामा खटिएका प्रहरीले दर्शक बनेर हेरिरहनु कतिसम्म उपयुक्त मान्न सकिन्छ ?

लाहानमा रहेको दुई ओटा बस पार्क यतिबेला ठप्प एकातिर छ भने अर्कोतिर भएको सवारी साधनहरु सडकमै रोक्ने परम्पराले गर्दा सवारी दुर्घटना बढ्ने सम्भावना पनि उत्तिकै छ ।

बस पार्कको सही सदुपयोग गर्न नजानेका लाहान नगरपालिका यतिबेला सवारी साधन सम्बन्धमा मौन छ भने अर्कोतिर जिल्ला ट्राफिक कार्यालय सिराहा पनि आफ्नो कर्तव्यबाट पन्छिएको अवस्था रहेको बुझिन्छ ।

प्रतिक्रिया





Top