हाेटेलमा प्रहरीकाे छापा, संलग्न बालिका र संचालक झा सहित पाँच पक्राउ

न्यूज डेस्क     २०८० आश्विन ८, सोमबार २३:२२ बजे मा प्रकासित


दिपक कुमार पाण्डेय,महाेतरी । महाेतरीका एक माबि बसपिट्टिमा कार्यरत शिक्षक संजीब झाले ग्रामिण ईलाका सम्सी बजारमा संचालन गर्दै आएकाे हाेटेल संगम बाट बेस्याबृती ब्यपार गर्दैगर्दा सूचनाकाे आधारमा प्रहरीले साेमबार छापा हानेकाे हाे ।

सम्सी प्रहरी चाैकिका ईन्चार्ज प्रहरी नायब निरिक्षक लेखनाथ खनालकाे कमाण्डमा छापा हान्न गएकाे टाेलीले हाेटेलबाट बेस्याबृतीमा संलग्न एक बालीका,दुई युवती सहित दुईजना यवा र संचालक झा लाई पक्राउ गरेकाे छ ।

बिगत देखि नै संचालक झाले संचालन गर्दै आएकाे हाेटेल संगम बाट बेश्याबृती हुँदै अाएकाे सूचनाकाे आधारमा छापा हानेर पक्राउ गरि ल्याईएकाे र पक्राउ गरि ल्याईएका बेश्याबृतीमा संलग्नहरू लाई आब्शयक कार्यबाहिकाे लागि अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय महाेतरीका प्रमुख प्रहरी उपरिक्षक ‘एसपी’ प्रकाश मल्लले जानकारी दिएका छन् ।

केही बर्ष अगाडि प्रहरीले सदरमुकाम जलेश्वरकाे नगरपालिका चाैकमा संचालित हाेटेलहरूमा बेश्याबृती गर्दै आएकाे सूचनाकाे आधारमा दर्जनाै भारतीय यूवतीहरूलाई पक्राउ गरि सार्बजनीक गर्दै भारतीय सुरक्षा निकायकाे जिम्मा लगाएका थिए ।
हाेटेल संगम बाट पक्राउ गरिएकाे युवती समेत भारतीय रहेकाे खुलेकाे हाे ।

प्रतिक्रिया





Top