जनकपुर : गौहत्या विरुद्धमा विराेध र्‍याली हिन्दू परिषद्लाई शान्तिपूर्ण रूपमा गर्न अनुमति

न्यूज डेस्क     २०८० आश्विन ११, बिहीबार ०७:१७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले विश्व हिन्दू परिषद्लाई शान्तिपूर्ण रूपमा र्‍याली निकाल्न अनुमति दिएको छ । परिषद्ले आउँदो शुक्रबार गौहत्या विरुद्ध निकाल्न लागेको विरोध र्‍याली शान्तिपूर्ण रूपमा गर्न अनुमति दिएको हो ।

प्रशासनले परिषद्लाई नगर परिक्रमा गरी बाह्र विगहामा शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न आग्रह गरेको छ । जानकी मन्दिर प्राङ्गणमा भने भेला नहुन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रशासन कार्यालयले परिषद्ले गर्ने र्‍यालीको सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया





Top