मधेशबाट दर्जनौं टिकटकरलाई प्रहरीले नियन्त्रणमा

न्यूज डेस्क     २०८० आश्विन १३, शनिबार १९:५० बजे मा प्रकासित


रौतहट । रौतहट प्रहरीले डेढ दर्जन टिकटकरलाई होटेलमा मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहसहितका टिकटकर रहेका छन । पक्राउ गरिएका सबै दोषी नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

 

सिया पैलेस होटलमा बसेका महिला डाक्टरको कोठा ढक्ढक्याएर खोल्न लगाउने तथा अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी राति १२ बजेसम्म तलको हलमा अश्लिल नृत्य तथा होहल्ला भई रहेको सूचना पाएपछि पुगेका थिए । प्रहरी पुग्न साथ त्यहाँ रहेका दर्शक भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठका अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरी हो–हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटकरहरू पक्राउ गरिएको छ । सो घटनाबारे छानबिन जारी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

 

प्रतिक्रिया





Top