नेपाल महिला संघको संगठन विस्तार भेला

न्यूज डेस्क     २०८० आश्विन १३, शनिबार २०:१७ बजे मा प्रकासित


बिनोद निगम ,नवलपरासी । नेपाल महिला संघ जिल्ला कार्य समिती नवलपरासीको आयोजनामा संगठन विस्तार अभियान अन्तर्गत महिला अगुवा कार्यकर्ताहरुको बृहद भेला बर्दघाट- ७ जिमिरेभारमा सम्पन्न भएको छ ।

नेपाल महिला संघ नवलपरासीकी अध्यक्ष तारादेवी भण्डारीको अध्यक्षता तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य एवंम् कांग्रेस नेत्रृ कमला तिवारी (पराजुली )को प्रमुख आथिथ्तामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी महिला संघकी केन्द्रिय सदस्य तिवारी कांग्रेसको संगठन विस्तारमा महिला संघको महत्पुर्ण भुमीका रहेको हुदा त्यस प्रति पार्टी नेतृत्वको दृष्टिकोण पुग्न नसकेको विचार राख्नुभयो ।

सोही अवसरमा कार्यक्रमकी सभाअध्यक्ष महिला संघ नवलपरासीकी संयोजक भण्डारीले महिला संघको संगठन विस्तार आजको आवश्यकता रहेकाले यसका लागी सवैको सहकार्य आवश्यक रहेको जिकिर गर्नुभयो ।

सो अभियान अन्तर्गत भेलामा महिला संगको आगामी योजना , रणनिति र भावी जिल्ला अधिबेशनको तयारीबारे व्यापक छलफल गरिएको थियो । सो भेलाबाट नेपाल महिला संघ संघीय निर्वाचन क्षेत्र न. १ बाट जिल्ला अधिबेशनमा भाग लिने प्रतिनिधीहरुको नामावली सर्वसम्बत रुपमा चयन गरिएको छ ।

जस अनुसार लोमा वाग्ले, यशोदा पाण्डे,चन्द्र कुमार गुरुङ्ग , कमला भण्डारी,प्रेम कुमारी चौधरी,रीता फैजदार, गिरीजादेवी हरिजन,मनसरी दलार्मी,उमा कुमारी चौधरी,गोमा खत्री,पार्वती आचार्य चयन हुनुभएको हो ।

प्रतिक्रिया





Top