जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले विवास्पद धर्मगुरु श्रीनिवास आचार्य पाँच सय रुपैयाँ जरिवाना लिएर रिहा गरेको छ । उत्तेजित अभिव्यक्ति दिएको भन्दै उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको थियो ।
गल्ती स्वीकारेपछि ५ सय रुपैयाँ जरिवाना गरी उनलाई छाडिएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले जानकारी दिए ।
असोज १२ गते जनकपुरधाममा भएको गौहत्याको विरुद्धको जुलुसको कोणसभामा उनले खुकुरी देखाउँदै गौहत्या गर्नेलाई खुकुरीले छप्काइदेउ भन्ने उत्तेजक अभिव्यक्ति दिएका थिए । सोही आरोपमा सुन्सरी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि बुधबार साँझ जनकपुर ल्याइएको थियो ।
यसअघि २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोलि हान्न लगाएको आरोपमा समेत उनी पक्राउ परेका थिए ।








प्रतिक्रिया