बिनोद निगम ,नवलपरासी । पश्चिम नवलपरासीका प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी आज बिहान बरामद गरेको छ ।
५४ बोरा चिनी लु ३ च ४९६६ नम्बरको पिकप गाडिमा ल्याउदै गरेको अवस्थामा रामग्राम -८ परासीस्थित भैंसी बजारबाट चिनी बरामद गरिएको प्रहरीले जनाएको छ।
चेकिङमा रहेको प्रहरी देखेपछि गाडीका चालकले पीकअप भ्यान छोडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद भएको १ लाख २९ हजार ६ सय मूल्य बराबरको को चिनी पिकप सहित आवस्यक कारबाहीका लागि भैरहवा भन्सार पठाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचक अधिकारी एंव डिएसपी रेशम बोहोराले जानकारी दिए ।








प्रतिक्रिया