आफ्नो घर बनाउन गणका ईंटा ओसार्दै एसपी, निर्माणमा सशस्त्रको जनशक्तिको दुरुपयोग

न्यूज डेस्क     २०८० आश्विन २१, आईतवार १२:१८ बजे मा प्रकासित


काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल संगठनमा सुशासन कायम गर्न लागेका छन् । सशस्त्र प्रहरी बलमा सुधार गर्ने उनको अभियान केही अधिकृतहरुको भ्रष्टाचारमोहका कारण ओझेलमा परेको छ । महानिरीक्षक अर्यालले परिवर्तन गर्न खोजे पनि केही अधिकृतका कारण सशस्त्र प्रहरी बलको छवि धमिलिने गरेको छ ।

यस्तै संगठनको छवि धमिल्याउने काम गरेका छन्–सशस्त्र प्रहरी बलका १८ नम्बर गण चोभार काठमाडौंका गणपति उद्धवबहादुर रावलले । गणपति (एसपी) रावलले गणको लागि भनेर लेखापाललाई ईटा खरिद गर्न लगाई आफ्नो घर निर्माणका लागि लगेको स्रोतले बताएको छ ।

१८ नम्बर गणकै ७५० नम्बरको गाडीमा उक्त ईटा एसपी रावलको ढुंगेधारा नर्सरीचोकमा निर्माण भइरहेको घरमा लगिएको छ । स्रोतका अनुसार गणका लागि खरिद गरिएको ईटा आइतबार बिहान पनि उक्त गाडीमा एसपीको नर्सरी चोकमा निर्माणाधीन घरमा लगिएको छ । बोगटी थरका चालकले गणका लागि किनिएको ईटा एसपीको घर बनाउन लगेका छन् ।

गणका लागि किनिएको ईटामात्र होइन, सशस्त्र प्रहरीको १८ नम्बर गणका १२ जवान पनि एसपीको घर निर्माणका लागि खटिएका छन् । घर निर्माण सुरु भएदेखि नै उनीहरु खटिएका हुन् । नर्सरी चोकका एक स्थानीयले भने–‘जनताको करबाट पालिएका राष्ट्रसेवक सशस्त्र प्रहरीलाई दिनरात एसपीले आफ्नो घर निर्माणमा खटाएको कुरा आइजीपी अर्यालले सायद थाहा पाएका छैनन् होला । नत्र यस्तो सशस्त्र प्रहरीको दुरुपयोग रोकिन्थ्यो कि ?’
गणका लागि खरिद गरिएको ईंटा घर बनाउन लाने, जवानहरुलाई घर निर्माणमा लाउने र आफूले प्रयोग गर्न लिएको मोटरसाइकल भाइको म्यानपावरलाई दिने कार्य सशस्त्र प्रहरी बलभित्र भइरहेका छन् । नेपाल फेस

प्रतिक्रिया





Top