क्राइममा आधारित ‘आरती’ वेब सेरिज सार्वजनिक हुने घोषणा

न्यूज डेस्क     २०८० आश्विन २१, आईतवार २०:३१ बजे मा प्रकासित


जनकपुरधाम । क्राइममा आधारित वेब सेरिज ‘आरती’ सार्वजनिक हुने भएको छ। यो सेरिज दुई भाषा नेपाली र मैथिलीमा रिलिज हुने तय भएको छ। यो सेरिजको कथावस्तु जघन्य अपराध बलात्कारमा आधारित रहेको छ।

सेरिजमा कलाकाहरू नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शाह, हरि प्रसाद कडेल, संसार अधिकारीको प्रमुख अभिनय छ।

नितेश घतानले खिचेको यो सेरिजलाई कवीर ओडले सम्पादन गरेका हुन् भने यस सेरिजको आशिष दास प्रोड्युसर र राकेश शाह क्रियटिभ प्रोड्युसर रहेका छन्।

उक्त सेरिजको ट्रेलर यही असोज २६ गते OSR Digital यूट्युब च्यानलमा नेपाली भाषा र आदर्श प्रडक्सन यूट्युब च्यानलमा मैथिली भाषामा सार्वजनिक हुने भएको छ। यस सेरिजमा जम्मा ६ वटा एपिसोड रहेको जानकारी प्राप्त भएको छ।

रोशन दास निर्देशित ‘आरती’ शीर्षकको यो वेब सिरिजको सम्पूर्ण एपिसोड ott platform (Net Tv) मा सार्वजनिक हुने जनाइएको छ। यस वेब सेरिजले नेपाली फिल्म जगतलाई नयाँ फड्को मार्न सहयोग पुर्याउने आरती टिमको विश्वास रहेको छ।

प्रतिक्रिया





Top