अहिले रहनै नहुने रहेको सरकार हाे : एमालेका अध्यक्ष ओली

न्यूज डेस्क     २०८० आश्विन २४, बुधबार १६:१४ बजे मा प्रकासित


जनकपुरधाम ।आज बुधबार एमाले मधेस प्रदेश अधिवेशनमा सहभागी हुन आएका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै बताए यो सरकार चौतर्फी रुपमा असफल भएको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिले रहनै नहुने सरकार रहेको बताएका छन् ।

 

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले इजरायलमा भएको घटनाको निन्दा गर्दै त्यहाँ रहेका नेपालीहरुको उद्धारमा सरकारलाई तदारुकता देखाउन आग्रह गरे ।

उनले सरकारले घाइतेहरुको उपचार तथा मृतक परिवारलाई क्षतिपूर्तिमा समेत तदारुकता देखाउन आग्रह गरे । कोसी प्रदेशमा मध्यावधि चुनाव हुने प्रश्नमा उनले दुई तीन दिन रुकन आग्रह गरे ।

प्रतिक्रिया





Top