रेल दुर्घटना हुदा ‘छ’ जनाको मृत्यु, घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर

न्यूज डेस्क     २०८० आश्विन २५, बिहीबार १०:०१ बजे मा प्रकासित


जनकपुरधाम । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको । करिब सयजना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।

यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ ।

सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पु¥याइएको थियो ।

प्रतिक्रिया





Top