बाँके र सर्लाहीका एसपी हटाइए बोहरा र धिताललाई पठाइयो

न्यूज डेस्क     २०८० आश्विन २६, शुक्रबार ०५:०२ बजे मा प्रकासित


जनकपुरधाम । कमजोर कमाण्डका कारण शान्ति सुरक्षा खस्किएपछि प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई कारबाही स्वरुप हटाएको छ ।

 

बाँकेका एसपी सन्तोषसिंह राठौर तथा सर्लाहीका नरेशराज सुवेदीलाई प्रहरी प्रधान कार्यालयले बिहीबार हटाएको हो । निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले उनीहरुको काज सरुवा गरेका हुन् ।बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ ।

 

बिहीबार नै गृह मन्त्रालले बाँकेका सिडिओ विपिन आचार्य र सर्लाहीका इन्द्रदेव यादबको सरुवा गरेको थियो ।ती दुई जिल्लामा हालै हिन्दु–मुस्लिम टकराव बढेर शान्ति सुरक्षा बिग्रिएको थियो । जसमा सिडिओ र एसपीको भूमिका कमजोर देखिएको थियो ।

प्रतिक्रिया





Top