मधेस प्रदेशमा एमाले पदाधिकारी सर्वसम्मत : अध्यक्षमा चन्देश्वर मण्डल

न्यूज डेस्क     २०८० आश्विन २६, शुक्रबार १४:५८ बजे मा प्रकासित


जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अध्यक्ष पदाधिकारीमा सहमति जुटेको छ । एमाले अध्यक्ष मण्डलका एक नेताका अनुसार केन्द्र र प्रदेशका नेताहरुका बीचमा चन्देश्वर मण्डलको अध्यक्षतामा पाँच पदाधिकारी सर्वसम्मत छनोट गर्न सहमति जुटेको हो ।

उनका अनुसार एमाले मधेस प्रदेश कमिटीको उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल तथा उपसचिवमा आरती भण्डारी र मोहम्मद कयस सर्वसम्मत भएका हुन् ।

यद्यपि निर्वाचन प्रक्रिया पुरा गर्नुपर्ने भएकाले निर्वाचन कमिटीले औपचारिक घोषणा भने गरिसकेको छैन ।

बुधवारबाट सुरु भएको अधिवेशन शुक्रवार मध्यान्ह सहमति जुटेको हो ।

प्रतिक्रिया





Top