सतोषर समाज कल्याण अन्तर्राष्ट्रिय परिवारले मनायो `१´औं वार्षिकोत्सब

न्यूज डेस्क     २०८० आश्विन २७, शनिबार १४:२६ बजे मा प्रकासित


महेश कु.राय
धनुषा(सबैला)| समाज कल्याण अन्तर्राष्ट्रिय परिवार सतोषरले पहिलो चोटि वार्षिकोत्सब भव्यताको साथ मनाएको छ । सबैला नगरपालिका वाडा ९ स्थित रहेका एक मात्र नमुना बिधालय श्री रामजानकी नमुना माध्यमिक बिधालय कुशमाहा-सतोषरको प्राङ्गणमा समाजसेवी युवाहरु, विद्यालय समिति , विद्यार्थी र विभिन्न वडा कार्यालय समिति तथा राजनीतिकर्मीहरुको उपस्थितिमा समाज कल्याण अन्तर्राष्ट्रिय परिवारले वार्षिकोत्सब मनाइएको हो ।

बिहीबार, संस्थापक समेत रहेका भरोसी रायको अध्यक्षतामा नगरभित्रका पाँच मा.बि.तहका बिधालयका विद्यार्थीहरुलाई सहभागी गराएर केक काटेर हाजिरीजवाफ प्रतियोगिता गराएका थिए, ति मध्ये क्रमशः प्रथममा रामजानकी माबी. कुशमाहा, दोस्रो जनता मावि. सिमराढी गढि ,तेस्रोमा सरस्वती मावि. ठिल्ला र रामप्रसाद मावि. सबैला तथा सान्त्वना पुरस्कारमा फकिरचन्द गामि मावि. बर्कुर्वाकाका विद्यार्थीहरुलाई प्रमाणपत्र र कापी कलमले सम्मान गरिएका थिए। यसक्रममा सहभागी भएका विभिन्न समाजसेवी, युवा, राजनीतिक कर्मी तथा शिक्षकशिक्षिकालाई समेत गमछा लगाएर संस्थाले सम्मान गरेको हो ।

         ती विद्यालयको प्रगती विद्यालयको संर्घष बारे जिकिर समेत गरियो। कार्यक्रममा विद्यालय व्यवस्थापक समितिका अध्यक्ष रामफुकार यादवले विद्यालयले विगतभन्दा राम्रो प्रगति गरेको बताए । उनले विद्यालयको शैक्षिक उन्नतिका साथै भौतिक विकास समेत भएको जिकिर गरे ।अध्यक्ष यादवका अनुसार लामो समय देखि विद्यालयले विद्यार्थीहरुको संख्यामा वृद्धि गर्न सकेको थिएन । तर विगत ३ वर्ष यता विद्यालयले पुनः पुरानै शैलीमा फड्को लगाएको छ । विद्यालयका प्रधानाध्यापक प्रमोद यादवले सतोषर समाज कल्याण अन्तर्राष्ट्रिय परिवारलाई स्वागत गर्दै ती परिवारको प्रगतिको कामना ब्यक्त गरे। तेस्तै, केन्द्रिय सह- सचिव सरोज कुमार साहले यस विद्यालको विकासका निम्ती निरन्तर लागी रहनेछौं भन्ने भनाइ रहेका थिए।  अतिथिको रुपमा सहभागी भएका वाडा अध्यक्षहरु क्रमशः ९ का मनिष कुमार राय, १ का मिथिला साह ,२ का  सरोज कुमार यादव ,१२ का रामनरायण अधिकारीहरुले ती संस्थाको प्रसंशा गरेका थिए।

      “असल मान्छे हाम्रो समाजको गहना हो – गुणस्तरीय शिक्षा नै हाम्रो चाहना हो´´ भन्ने नाराका शिक्षा क्षेत्रका अभियानमा निरन्तरता दिइरहेका छन्। स्थानीय  तथा रोजगारिका सिलसिलामा गएका युवाहरुको पल्टनले विभिन्न समयमा गाउँप्रती भएको अमुल्य माया स्वरुप देखाउदै आइरहेका छन्।
ती संस्थामा जुटेका स्थानीय युवा  जन्मभुमिमा फर्केका रन्जित राय,उदय यादव ,ललन राय,राजेश्वर मुखिया ,बिजय यादव ,रमेश राय लगायतका युवा-अभिभावकहरुको उपस्थिति  समेत जनाएका थिए।

प्रतिक्रिया





Top