विष्णुदेव सरदार ,लहान । सिराहासहित मधेश प्रदेशका जिल्लाहरुमा झिझियाको रमझम देखिएको छ। गाउँगाउँमा दशैँको पहिलो दिन घटस्थापना देखि दशमीसम्म झिझियाको रौनक देखिन्छ ।
यो सँगै, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर – १ पिप्रा प्रध. रामपुरमा प्रत्येकवर्ष झै यसवर्ष पनि बडो धुमधामका साथ माँ दुर्गा भवानी मेला महोत्सव तथा देवीद्वारा श्रीमद भागवत ज्ञान महापुराण शुरु भएको छ।
सो भागवत कार्यक्रममा घटस्थापना दिनदेखि दशमीसम्म दिउँसो ३:०० बजेदेखि साँझ ७:०० बजेसम्म हुदै आएको आयोजकले जनाएको छ।
यता, रामपुरको झिझिया महोत्सव भर्न छिमेकी गाउँहरुले भाग लिइएका छन् ।
धनगडीमाईको कुर्वा हनुमाननगर, बाखर , लक्ष्मीपुर पतारीको ठुलो पिप्रा प्रध, छोटकीटोल पिप्रा, रामपुरका केटीहरुले भाग लिएका छन् । उनीहरूले घटस्थापना दिनदेखि नवमी दिनसम्म झिझियाको विभिन्न गीतसंगीत द्वारा नृत्य प्रदर्शनी गर्ने छिन् । दशैँको नवमीदिन झिझिया कार्यक्रमको अन्तिम टुङ्गो हुने रामपुरका लालबाबु साहले बताए । वहाँका अनुसार – नृत्य पर्दर्शनीमा राम्रो ल्याउनेलाई प्रथम, द्वितीय, तृतीयलाई आयोजकको तर्फबाट पुरुषकृत गर्नेछन् ।
झिझिया हेर्नेहरुको भिड बढ्दो अवस्थामा पाइन्छ ।
दशैको पहिलोदिन अर्थात् घटस्थापनाका दिन आइतबार लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुरले विधिवतरुपमा पुजागर्दै श्रीमद भागवतज्ञान महायज्ञको शुरुवात गर्नुभएको छ।
झिझिया कार्यक्रम प्रत्येकदिन राति ८:०० बजेदेखि ११:०० बजेसम्म हुने गरेको छ।
पिप्रा प्र.ध.का रामसुफल बाँतर भन्छन् – लोपहुँदै गरेको लोकसँस्कृति, पुस्तौँंको रीतिरिवाज, प्रम्परा , जोगाई राख्न खेल्ने गरेको बताउँछन् ।
त्यसैगरी, पिप्रा प्र. ध. का प्रभाष सरदारका अनुसार – लोकनृत्य साँस्कृतिक वर्षौंदेखि लोप हुने अवस्था थियोे । तथापि, यसलाई उजागर गर्न र यथास्थितिमा जोगाईँ राख्न झिझियाको महत्त्व आफैंमा भिन्न छ।
यता, लक्ष्मीपुर पतारी गाउँपालिका पतारी पोखरीमा गाउँपालिकाकी उपाध्यक्ष अमरकलादेवी यादवले झिझिया कार्यक्रमलाई आफ्नो मन्तव्य दिदै झिझियालाई उदघाटन गरिएको थियोे ।
सिराहाको धनगडीमाई , गोलबजार , विष्णुपुर , लक्ष्मीपुर , सुखिपुर मोहनपुरसहित सिराहाका गाउँगाउँ ठाउँठाउँमा झिझियाको तामझाम देखिएको छ।








प्रतिक्रिया