भारत : बिहारमा अज्ञात समूहले गोली हानेर एक नेपालीको हत्या

न्यूज डेस्क     २०८० कार्तिक २, बिहीबार १०:३२ बजे मा प्रकासित


जनकपुरधाम । रौतहट जिल्लाका एक युवकको भारतको विहाररमा गोली प्रहार गरेर हत्या भएको छ ।

बिहारको रमगढवामा रौतहट सदरमुकाम गौर नगरपालिका ९ का ४० वर्षीय दिलीप सिंहको अज्ञात समूहले गोली दागेर हत्या भएको हो ।

रमगढवामै रहेको शिव शक्ति राइस एन्ड फ्लोर मिलमा मुन्सीका रूपमा कार्यरत सिंह मुजफ्फरपुरबाट पैसा संकलन गरेर फर्केपछि मिलको गेटमै गोली दागेर हत्या भएको भारतीय प्रहरीले जनाएको छ ।

 

अत्यन्त नजिकबाट प्रहार भएको गोली सिंहको छातीमै लागेकाले सिंहको घटनास्थलमै मृत्यु भएको गौर नगरपालिका ९ का वडाध्यक्ष अर्जुन सिंहले जानकारी दिए ।

सिंहको साथमा भएको २९ लाख भारतीय रूपैयाँ पनि लुटेर अज्ञात समूह फरार भएको भारतीय प्रहरीले जनाएको छ । सिंहलाई गोली प्रहार गर्ने लुटेरा समूह हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया





Top