नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा खुल्यो भर्ना

न्यूज डेस्क     २०८० कार्तिक ३, शुक्रबार ०७:४३ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल प्रहरीले प्ररही निरीक्षक (इन्स्पेक्टर) र साहयक प्रहरी निरीक्षक (असई)मा दरकास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो।

जारी सूचनामा जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरकास्त आह्वान गरिएको उल्लेख छ ।

आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया





Top