सबैलामा दुर्गा मेला : गुराँस क्लबको प्रसंशा, मन्त्री साहद्वारा कबड्डी प्रतियोगिताको उद्घाटन

न्यूज डेस्क     २०८० कार्तिक ५, आईतवार ०४:२४ बजे मा प्रकासित


जनकपुरधाम । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले सबैलामा कबड्डी प्रतियोगिता उद्घाटन गरेकी छिन् ।

शनिबार सबैला नगरपालिकाको सबैला बजारमा गुराँस युवा क्लबले विजयादशमीको अवसरमा आयोजित कबड्डी प्रतियोगिताको समान्य प्रशासन मन्त्री अनिता देवी साहले रिवन काटेर उद्घाटन गरिन ।

मन्त्री साहले कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुराँस युवा क्लबले खेलकुदको क्षेत्रमा योगदान र निरन्तरता दिदै आइरहेकोले सो क्लबका प्रशंसा गरिन।उनले सबैला खेलकुदको क्षेत्रमा देश विदेशमासमेत नाम कमाएको बताइन् ।

 

उनले मधेशी समाजले महिलालाई अगाडि बढाउन थालेकोमा खुसी व्यक्त गरेकी थिइन ।

प्रतिक्रिया





Top