धनुषा ट्राफिकले ठुला सवारीबाट प्रेशर हर्न निकाल्दै, ध्वनि प्रदुषण नियन्त्रण गर्ने ३ दिने अभियान

न्यूज डेस्क     २०८० कार्तिक १३, सोमबार ०५:३० बजे मा प्रकासित


जनकपुरधाम । धनुषा ट्राफिक प्रहरीले ध्वनि प्रदुषण नियन्त्रण गर्ने उदेश्यले ठुला सवारीहरुबाट प्रेशर हर्न निकाल्ने अभियान सुुरु गरिएको छ ।

मधेश प्रदेशका आठवटै जिल्लामा ध्वनि प्रदुषण नियन्त्रण गर्ने ३ दिने अभियान अन्तर्गत धनुषामा समेत अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरुले बिभिन्न स्थानमा ठुला सवारी साधनहरुको प्रेशर हर्न चेक चाँज गरी कारवाही गर्दै प्रेशर हर्न निकाली सवारी चालकहरुलाई प्रेशर हर्न प्रयोग नगर्न सम्झाई बुझाई गरेका छन् ।

प्रतिक्रिया





Top