महेसपुर नाकामा फोहोरको भण्डार !

न्यूज डेस्क     २०८० कार्तिक १७, शुक्रबार २१:३६ बजे मा प्रकासित


अनिल बानिया,नवलपरासी । महेशपुर सिमामा व्यपार गर्दै आएका व्यपारीहरु दशगजालाई फाहोरको डम्पिङ्ग साईट बनाएका छन् । सिमा फुतपाते पसल तथा टंकी एवं भट्टी राखेर व्यपार गर्दै आएका व्यपारीहरु पसलका फोहोर मैला दशगजामै फाल्ने गरेको पाइएको छ ।

नेपाल–भारतको संवेदनशिल क्षेत्र दशगजालाई अतिक्रमणबाट जोगाउन र सफा राख्न सबैको दायित्व रहेपनि व्यपारीहरु उल्टै महेसपुर नाकाको दशगजामा फोहोर फाल्ने गरेको स्थानियले बताए ।

जिल्लाको मुल नाका महेशपुरमै केहि व्यपारीहरु दशगजामै किराना पसल तथा मासु–माछाको फुतपाते पसल गर्ने गरेको पाइएको छ भने अधिकांश व्यपारीहरु दशगजासंग टाँसिएर रक्सी पसल, कुखुरा एवं खसीको मासुपसल गरेर रक्सीको बोतल, प्लास्टिकको पोल्थीन, कागज र पसलबाट निक्लेको फोहोर मैला दशगजामा फाल्ने गरेकाले नाका दुर्गन्धित र फेहोरी बनेको छ । दुर्गन्धित र फोहोर बनेको दशगजाको सर–सफाईमा स्थानिय तह एवं प्रहरी–प्रशासनको ध्यान पुगेको छैन ।

प्रतिक्रिया





Top