मिटरब्याजी आराेपमा प्रहरीले सियाराम यादव पक्राउ

न्यूज डेस्क     २०८० कार्तिक १८, शनिबार ०८:०२ बजे मा प्रकासित


जनकपुरधाम ।  प्रहरीले सियाराम यादवलाई मिटरब्याजको आराेपमा पक्राउ गरेको छ ।

महोत्तरीकाे लोहरपट्टी नगरपालिका वडा नम्बर ३ महदैयाका यादवलाई इलाका प्रहरी कार्यालय लोहरपट्टीको टोलीले घरबाटै पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ । स्रोतका अनुसार यादव करिब २७ वर्षका छन् ।

बुवा निर्धन यादवले चलाएको मिटरब्याजको अवैध धन्दा अहिले सियारामले सम्हालेका हुन् । उनीविरुद्ध प्रहरीमा दर्जनौं उजुरी परेको बुझिएको छ ।अनुचित लेनदेन मुद्दामा यादवलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले पुष्टि गरे ।

जिल्ला प्रशासन कार्यालयले पटक पटक छलफलका लागि बोलाउँदा पनि नआएपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय रामएकवाल यादव र मुन्दर देवीले पनि उनीविरुद्ध ठगीसम्बन्धी उजुरी दिएका छन् ।

प्रतिक्रिया





Top