सबैला नगरपालिका : एक सामुदायिक विद्यालयमा कम्प्युटरसहित सरसमानहरु चोरी

न्यूज डेस्क     २०८० कार्तिक १८, शनिबार १८:०७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रधुनाथपुरस्थित सो रहेको विद्यालयमा राति कम्प्युटरसहितका सामानहरु चोरी भएको छ ।द्धारिका आधारभुत विद्यालय, रधुनाथपुरमा शुक्रबार राति चोरी भएको छ ।

विद्यालयबाट चार थान कम्प्युटर सेट, एकथान अलईन वन कम्प्युटर सेट, ३२ इन्टको एकथान एलईडी, एकथान साउण्ड बक्स र दुई थान माइक चोरी भएको विद्यालयका प्राधानाध्यापक रामशंकर यादवले जानकारी दिएका छन् । उनका अनुसार चोरहरुले ६२ इन्चको स्मार्ट बोर्ड लग्न नसक्दा पूर्ण रुपमा क्षतिग्रस्त बनाइदिएका छन् ।

चोरहरुले विद्यालयको मेन गेटबाट नभई पर्खाल चढेरभित्र प्रवेश गरेर चोरी गरेको छ । उनीहरुले कम्प्युटर राखेको कक्षाकोठाको ताल्चा काटेर चोरी गरेको प्रअ यादवले जनाए । चोरी विद्यालय वडा नं.१२ को वडा कार्यालयको छेउमै रहेको छ ।

चोरहरु विद्यालयभित्र छिरेर भित्रै छिरेर दारु र भुजा खाएको भेटिएको छ । र त्यसपछि विद्यालयका कम्प्युटरसहितका सामानहरु चोरी गरेर लगेको हो । चोरले टेबलमा राखिएको प्रअको एक प्रमाणपत्रमा गुटखा पनि थुकिदिएको जनाइएको छ ।

विद्यालयमा प्रत्येक शनिबार सञ्चालन हुने बालबिकास कक्षा सञ्चालनको लागि विद्यालयमा कार्यालय सहयोगी पुगेपछि चोरी भएको घटना सार्वजनिक भएको छ । कार्यालय सहयोगी कुलदिप सदाले प्रअ यादवालई चोरी भएको जानकारी भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितका व्यक्तिहरु पुगी स्थानीय प्रशासनलाई जानकारी गराएको छ ।

कम्प्युटरको बारेमा जानकारी भएको चोरले मात्रै कम्प्युटर चोरी गरेको प्रअले बताएका छन् । उनले व्यक्तिगत रिसिबीका कारण विद्यालयमा चोरी भएको बताए । उनका अनुसार विद्यार्थीलाई प्राविधिक पढाई दिने उद्देश्यका साथ जान गरिएको नयाँ कम्प्युटरहरु चोरले लगेपछि पुरानो कम्प्युटरहरु भने लगेको छैन् ।

रधुनाथपुर बजारस्थित मेन चोकमा रहेको विद्यालयमा चोरी हुनु दुर्भाग्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश राउत गडेरीले बताए । उनले बजारमा चारैतिर सिसिटिभी क्यामरा जडान भएकोले सो क्यामराको फुटेजलाई आधार बनाइ चोर पत्ता लगाइदिन स्थानीय प्रशासनसँग आग्रह गरेको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया





Top