पदाधिकारी बैठक बोलाए राप्रपाले आइतबार

न्यूज डेस्क     २०८० कार्तिक १८, शनिबार २२:३३ बजे मा प्रकासित


जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आइतबार बस्ने भएको छ ।

राप्रपाले विहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको हो ।

जाजरकोट भूकम्पलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको राप्रपाले जनाएको छ ।

राप्रपाले जाजरकोट भूकम्पमा परी निधन भएकाहरूप्रति दुःख प्रकट गरेको छ ।

घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई सर्कुलरसमेत गरिसकेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया





Top