प्रधानाध्यापकको हत्या भएको दाबी गर्दै सिरहाको मिर्चैयामा प्रदर्शन

न्यूज डेस्क     २०८० कार्तिक २१, मंगलवार ०५:५५ बजे मा प्रकासित


सिरहा । सिरहाको एक विद्यालयका प्रधानाध्यापकको हत्या भएको दाबी गर्दै परिवारजन तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् । गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आइतबार मृत अवस्थामा फेला परेका थिए ।विद्यालयमै पासो लागेको अवस्थामा मृत भेटिएका उनको हत्या भएको परिवारजनको दाबी छ ।

 

मिर्चैया नगरपालिका–७ का स्थायी बासिन्दा प्रधानाध्यापक साहका परिवारजन तथा स्थानीयवासीले मृत्यु प्रकरणको छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयामा सडकमा चक्काजाम गरेका छन् । उनीहरूले मिर्चैयाको कटारी चोकको टायर बालेर प्रदर्शन तथा चक्काजाम गरेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् ।

घटनास्थलमा रगत पनि देखिएकाले हत्या भएको परिवारजनको दाबी छ । साह आइतबार विहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया





Top