कांग्रेस नेता चौधरी जनमतमा प्रवेश

न्यूज डेस्क     २०८० कार्तिक २१, मंगलवार २०:२७ बजे मा प्रकासित


जनकपुरधाम । नेपाली कांग्रेसका चर्चित नेता मुना चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार जनकपुरधाममा एक कार्यक्रमबिच नेता चौधरी जनमत पार्टीमा प्रवेश गरेका हुन।उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा लगाएर पार्टीमा स्वागत गरे ।

अध्यक्ष डा.राउतले पार्टीका सदस्यतासमेत नेता चौधरीलाई हस्तान्तरण गरेको हो।नेता चौधरी मुखियापट्टी मुसहरनिया गाउँपालिकाका हुन ।

जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,पार्टी प्रवेश समन्वय समितीका संयोजक माधव सिंह,जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह,पार्टीका राष्ट्रिय सचिव संजय यादव,शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव,पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य ई.शम्भुनाथ साहलगाइतका नेताहरुले नेता चौधरीलाई पार्टीमा स्वागत गर्दै उनलाई बधाई तथा शुभकामना दिएका थिए।

प्रतिक्रिया





Top