भारत सरकारको सहयोगमा बर्थिङ सेन्टर हस्तान्तरण

न्यूज डेस्क     २०८० कार्तिक २१, मंगलवार २३:३० बजे मा प्रकासित


जनकपुरधाम । भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी प्रसूति केन्द्र अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ ।

नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा अर्थमन्त्री डा. प्रकाशशरण महत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रीमती अनितादेवी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उक्त बर्थिङ सेन्टर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका अगुवाको पनि सहभागिता थियो ।

सो अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ जिल्लामा कूल अनुमानित लागत १३ करोड लाग्ने थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

प्रतिक्रिया





Top