लहान , २३ कार्तिक । सप्तरीको खडक नगरपालिका कार्यालयको प्राङ्गणमा आज ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।
महिला बालबालिका तथा समाज कल्याण शाखा कल्याणपुरको आयोजना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएका छन् ।
नगरपालिका भित्रका सबैजसो वडाका वृद्ध पुरुष , महिला , शारीरिक रुपले अशक्त , एकल महिला सहित ८० जना सहभागीहरुले सम्मानित भएका छन् ।
वहाँहरुलाई – चादर , दोसल्ला गम्छा, झुल, सिरक बल्याङकेट दिदै सम्मानित गरिको हो ।
आजको कार्यक्रममा बोल्दै खडक नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष बिन्दुलाल चौधरी – जीवन सर्वव्यापीरुपमा अमुल्य छ, त्यसैले वृद्ध हुनुमा हाम्रो दोष होइन । सबैलाई एकदिन वृद्ध हुनैपर्छ सर्वव्यापी सत्य हो आफ्नो मन्तव्यमा भनिएको हो ।
त्यसतै, खडक नगरपालिका वडा न. – ३ का वडाअध्यक्ष देवनारायण चौधरीका अनुसार – जसरी यहाँ सबैले खुशी व्यक्त गर्दै हुनुहुन्छ , त्यसरी नै आआफ्नो घरपरिवारमा खुशियाली बाड्नुस जीवन सार्थक हुने बताउँनु भयो।
यता , खडका न.पा. का प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठका अनुसार – ज्येष्ठ नागरिक सदैव हाम्रा लागि पुज्णीय रहनेछ । आफुभन्दा ठुलाबडाका आशिर्वाद जहिले लिनुपर्छ । ज्येष्ठ नागरिकहरुलाई आउने दिनमा यसरी सम्मान गरिने बताउँनु भयो।
सो, सम्मान कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख जयप्रकाश चौधरी , विशिष्ट अतिथि नगर उपप्रमुख रिता कुमारी चौधरी , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अनिता कुमारी साह, हरेक शाखाका कर्मचारी , स्थानीय बौद्धिक व्यक्तित्वहरुको उपस्थिति थियो ।








प्रतिक्रिया