नगराईन नगरपालिका : प्रशासकिय अधिकृत कर्णले आफ्नो कार्यकक्षमै मनोमानी

न्यूज डेस्क     २०८० कार्तिक २४, शुक्रबार ०७:०२ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाजिल्लाको नगराईन नगरपालिका स्थित एक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको विवाद सतहमा आएको छ ।

नगराइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामगुलाम लाल कर्णसँग राघोपुरमा रहेको प्राथमिक विद्यालयको विषयमा व्यवस्थापन समितिको विवादबारे छलफल गर्ने क्रममा उनीहरूमाथि निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्णले आफ्नो कार्यकक्षमा कालोमोसो दल्ने योजना बुनेको भन्दै विद्यालयका अभिभावकहरुलाई दुव्यर्वहार गर्दै अश्लिल भाषाको प्रयोग गरेका छन् ।

धनुषाको नगराइन नगरपालिका–२ राघोपुरस्थित विद्यालयको व्यवस्थापन समिति सन्बन्धि विवादबारे नगराइन–२ का वडाध्यक्ष रामपरि देवी मण्डल र विद्यालय व्यवस्थापन समितिका सदस्यहरू प्रदीप कुमार चौधरी, बिनोद मण्डल, जितन राम र मलेछिया देवी सदा नगराइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामगुलाम लाल कर्णसँग छलफल गर्न जाँदा उनीहरूमाथि निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्णले आफ्नो कार्यकक्षमै हैकमवादी रुपले हप्काउँदै नगराइनमा आफूलाई कसैले केही गर्न नसक्ने भन्दै अभद्र तथा अश्लिल भाषाको प्रयोग गर्दै भय त्रास दिएका छन् ।तर उनले सो कुरालाई लिएर उल्टै धम्क्याउने र अभद्र व्यवहार गर्ने गरेको आरोप छ ।

यसअघि पनि उनले मनोमानी ढंगले राघोपुर विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको आरोप छ । यसबारे उनीसँग वडाध्यक्षसहित विद्यालय व्यवस्थापन समिति निरन्तर कुरा गर्न चाहिरहेका छन् ।

प्रतिक्रिया





Top