जनकपुरधाम । सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह धरौटीमा रिहा भएका छन् । हत्या अभियोगमा दुई महिनादेखि पुर्पक्षका लागि कारागारमा रहेका उनी १ लाख २० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उनीहरुको इजलासले जिल्ला अदालत सप्तरीले गत भदौं १९ मा सिंहलाई पुर्पक्षका लागि कारागार पठाउने दिएको आदेश बदर गर्दै १ लाख २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको बताइएको ।१६ वर्ष अगाडि माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको भन्दै सिंह सहितका केही व्यक्तिमाथि मुद्दा दर्ता भएको थियो । सप्तरी क्षेत्र ४ (२) बाट स्वतन्त्रबाट चुनाव जिते सिंह पक्राउ परेपछि उनी निलम्बित छन् ।








प्रतिक्रिया