मधेश प्रदेश सांसद सञ्जिलाकुमारी यादवले गोपनियताको सपथ

न्यूज डेस्क     २०८० मंसिर ६, बुधबार २०:५२ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेश सभा सदस्य सञ्जिलाकुमारी यादवले सपथ लिनुभएको छ ।बुधबार मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानका लागि निर्वाचन आयोगले सिरहा निवासी यादवलाई निर्वाचित गरेको थियो ।यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवमं समाजवादी महिला संघ मधेश प्रदेश समितिकी अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया





Top