सिरहा : मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १ जना घाइते

मधेशपाटी अनलाइन     २०८० मंसिर ७, बिहीबार ०६:४३ बजे मा प्रकासित


सिरहा । सिरहामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत सिराहाको सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स. २प ४५३१ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर दिएपछि दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने १ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा दुवै मोटरसाइकलमा सवार तीन जनाकाे मृत्यु भएको हो । मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका– ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

तीनैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा ज्यान गएको हो । सोही ठाउँका १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएको र थप उपचार गर्न विराटनगर लगिएको जनाइएको छ ।

दुवै मोटरसाइकल तीब्र गतिमा रहेकोले उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया





Top