वीरगन्ज । पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक एवम् पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् । अदालतबाट अनियमिततामा दन्डित भएका पूर्वसांसद हरिनारायण रौनियारलाई एमालले स्वागत गरेको हो ।
नेपाल कम्यनिष्ट पार्टी एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली रौनियारको जन्मथलो पोखरियामा पुगेर रौनियारलाई पार्टीमा प्रवेश गराएा हुन ।२०७४ को निर्वाचनमा रौनियार जनता समाजवादी पार्टीको टिकटबाट पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । राजनीतिमा सक्रिय भएपछि उनले पप्पु कन्स्ट्रक्सनको अध्यक्ष पद छाडेका थिए । जनता समाजवादी पार्टी (जसपा) छाडेर उनी मंगलबार एमाले छिरेका हुन् । रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट एमाले उम्मेदवारलाई हराउँदै जसपाको टिकटमा सांसद निर्वाचित भएका थिए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली भएको बेला विवादास्पद पप्पु कन्ट्रक्सनका संचालक समेत रहेका रौनियारले ठेक्कापट्टामा अनियमितता गरेको भन्दै अख्तियारले अनुशन्धान कारवाही अगाडि बढाएपछि उनी सांसद पदबाट निलम्बनमा परेका थिए ।देशभर दर्जनौँ निर्माणको ठेक्का लिएर अलपत्र पारेका उनी बदनाम ठेकेदारको रुपमा परिचित छन् । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बन्नासाथै भत्किएपछि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ असोज ०७५ मा दायर गरेको भ्रष्टाचार मुद्दामा २५ वैशाख २०७९ मा विशेष अदालतले रौनियारलाई दोषी ठहर गरेको थियो ।रौनियार र उनका छोरा सुमितमाथि विशेषका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु यमुना भट्टराई तथा शालिग्राम कोइरालाको इजलासले जनही तीन करोड ६२ लाख २९ हजार रुपैयाँ विगो र जरिवाना सजाय सुनाएको थियो ।तर, राजनीतिक आडमा रौनियारको कम्पनीले क्षमताभन्दा बढीको ठेक्का पाइरह्यो । जसका कारण उनको कम्पनीको काम ढिला मात्रै भएन, गुणस्तरहीन हुने क्रम बढ्दै जाँदा राज्यले अर्बौंको क्षति ब्यहोर्नुपरिरह्यो ।
रौनियारको पप्पु कन्स्ट्रक्सन गत असोजमा मात्रै अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेको छ । विशेष अदालतले काठमाडौंमा टेकु–कालीमाटी जोड्ने विष्णुमती नदीमाथिको पुल गुणस्तरहीन तवरले बनाएर भ्रष्टाचार गरेको ठहर गरेको छ । बनेर पनि अलपत्र भएको यो पुलको भ्रष्टाचार मुद्दामा रौनियारका छोरा सुमितलाई एक करोड १४ लाख ७६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।
रौनियारको पप्पु कन्स्ट्रक्सनलाई सरकारका विभिन्न निकायको सिफारिसमा पटक–पटक कालोसूचीमा राखिएको छ । निर्माणको जिम्मा लिएर अलपत्र पार्ने क्रम बढेपछि विभिन्न निकायले पप्पुलाई कालोसूचीमा सिफारिस गर्ने क्रम अझै रोकिएको छैन ।हाल पप्पु कन्सक्ट्रसन रोल्पाको शहीदमार्ग सडक योजना, गोरखाको छेपेटार–भालुस्वारा–बारपाक सडक योजना, रौतहटका सडक आयोजनाहरु, ओखलढुंगाका सडक आयोजनाहरुमा ढिलाइ र लापरवाही गर्दा कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगन कार्यालयले जनाएको छ । कार्यालयको हालसम्मको निर्णयअनुसार ३१ मार्च २०२५सम्म पप्पु कन्स्ट्रक्सनले नयाँ ठेक्का लिन पाउने अवस्था छैन ।तर, विगतमा जथाभावी लिएका ठेक्काहरुको काम सक्न नसकेर पप्पु कस्स्ट्रक्सन अझै कालोसूचीका लागि विभिन्न निकायबाट सिफारिसमा परिरहेको छ । रौतहटको गैंडाटार जाने चाँदी नदीमाथिको पुल निर्माणमा ६ वर्षसम्म अलमल भएपछि पप्पुलाई कालोसूचीका लागि सिफारिस गर्ने तयारी छ । अनुमानित लागतभन्दा धेरै कम मूल्यमा ठेक्का हाल्ने र खरिद सम्झौता गरेपछि मोबिलाइजेसन रकम लिएर बेपत्ता हुने गर्दा रौनियारको कम्पनी सबैभन्दा बदनाम छ ।
रौनियारले विकासप्रेमी नेताका छविमा आफूलाई प्रकट गरे पनि उनको विगत त्यति सफा र स्पष्ट भने छैन । विगतमा सत्ता, शक्तिको पहुँच लिएर उनले लिएका ठेक्काहरुमध्ये अधिकांशले खति गरे । अनि भ्रष्टाचार, अपारदर्शिता तथा कमसल निर्माणका कारण रौनियारले चलाएको पप्पु कन्स्ट्रक्सन मधेशमा मात्रै होइन, देशका विभिन्न ठाउँमै बद्नाम छ । विशेष अदालतबाट रौनियारसहित उनको कम्पनी भ्रष्टाचारमा संलग्न रहेको ठहर भइसकेको छ ।
प्रतिक्रिया