७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ

न्यूज डेस्क     २०८० मंसिर ९, शनिबार ११:२१ बजे मा प्रकासित


महोत्तरी । महोत्तरीमा ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ परेका छन् ।

 

बालिका बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका वडा नम्बर ११ का ३३ वर्षीय जुगलकिशोर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए ।साह गौशाला नगरपालिका ५ मा सञ्चालित गौशाला एकेडेमीका सञ्चालक हुन् । उनीमाथि विद्यालयमा पढ्न गएकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

 

प्रहरीका अनुसार साहले ७ वर्षीय बालिकालाई बिहीबार दिउँसो विद्यालयको चौथो तल्लामा लगी बलात्कार गरेका थिए । बालिकालाई रुपैयाँको लोभ देखाएर बलात्कार गरेको आरोपसहितको जाहेरीको आधारमा साहलाई शुक्रवार पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

 

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद लिई पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी गिरिले बताए ।

प्रतिक्रिया





Top