बारा – ९ मंसिर । बाराको मटिअर्वा सिमानाकाबाट कबाड तस्करीको ठूलो लाईन चलिरहेको समाचार प्राप्त भएको छ ।
भारतीय तस्कर चन्द्रकिशोर कुशवाहाले सशस्त्र र नेपाल प्रहरीका स्थानीय प्रहरी युनिट इन्चार्ज देखि नेपाल नं. १२ गण हे क्वा. बाराका एसपी टोप बहादुर डाँगी र जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्ले सम्म सेटिङ्ग गरेर हरियो सिग्नल पाएसँगै कबाड तस्करीको काम धमाधम गरिरहेको स्थानीय स्रोतले जानकारी दिएको छ । कबाड तस्करबाट जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेको भाग उनका घुमुवा वरिष्ठ हवल्दार अजय यादवले उठाउने गरेको स्रोतको दाबी छ ।
कबाड तस्कर चन्द्रकिशोर कुशवाहा भारतको पस्चिमी चम्पारण बेतिया जिल्ला निवासी हुन । उनी सहित उनका समुहका ब्यक्तिहरुले नेपाल भरीको विभिन्न ठाउबाट पुरानो टायर र विभिन्न किसिमका कबाड खरिद गरेर ट्रकमा लोड गरि परवानिपुर र वीरगंजको गोदाम ल्याएर राख्ने गरेका छन । कबाड जम्मा गर्न परवानिपुर र वीरगंजमा ठुलो गोदामनै भाडामा लिएका छन ।
चन्द्रकिशोर कुशवाहा धेरै चतुर चलाक मधेका एक हुन । उनी नेपाली ब्यक्तीहरुलाई विभिन्न प्रलोभनमा पारी परवानिपुर, वीरगंज र वाराको मटिअर्वामा विभिन्न नामबाट फर्म दर्ता गर्न लगाएका छन । नेपालको विभिन्न ठाउबाट खरिद गरेका कबाड पहिला परवानिपुर या वीरगंजको गोदाममा ल्याएर राख्ने जम्मा गर्ने र कटिन गरेर राख्ने गरेका छन ।
मटिअर्वामा गाउँका एक जना नेपाली ब्यक्ति खाडा गरि उनको नामबाट एजाज प्लाष्टिक स्क्रेप कटिङ उधोग नामक फर्म र त्यही गाउँमा १-२ वटा फर्म दर्ता गर्न लगाएर ती फर्मको नाममा परवनिपुर र वीरगंजको गोदामबाट १ नम्बर बिल बनाई ट्रक या पिकअपको माध्यमले सिमासंग जोडिएको मटिअर्वा गाउँको गोदाम फर्मको स्थान सम्म सजिलो सङ कबाड ल्याएर झार्ने जम्मा गर्ने गरेका छन । त्यस पछि प्रहरी संग सेटिङ गरेर लाईन क्लियर गरि ठेलामा राखी भारततर्फ कटाउने गरेका छन ।
मटिअर्वा नाकाबाट रातिको समयमा कबाड तस्करीसंगै बहुमूल्य धातुका सामान, लागु औषध गाजा, जनावरको हड्डी, छाला, स्टीलका सामान सहित विस्फोटक पदार्थको समेत तस्करी हुने गरेको छ । सिग्नल पाएलगत्तै तस्करले ठेलाका ठेला कबाडसंगै बहुमूल्य सामानहरु भारत तर्फ तस्करी गर्ने गरेका छन् ।
नेपाल भारत सीमा क्षेत्रमा खटेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले रातिको समयमा हरियो सिग्नल दिए लगत्तै तैनाथ अवस्थामा रहेको तस्करीको सामान बोकेको ठेलाका ठेला सीमा कटाउने कार्य हुँदै आएको छ ।
मटिअर्वा क्षेत्रबाट सशस्त्र र नेपाल प्रहरीको सेटिङ्गमा दैनिक लाखौं करोडौं मूल्य बराबरको कबाडीको सामान भारततर्फ तस्करी हुने गरेको छ ।
पुरानो टायर र कबाडीको नाममा कबाडसंगै ठुलो मात्रामा जनावरको हड्डी, जनावरको छाला, कालो बारुद्ध, तामा, पित्तल, किट, एक्सरे, औषधीको रेपर, स्टील ३१६, ३०४, ह्वाईट क्रिटल, रंगीन क्रिस्टल, रिलायन्स पाइप, पञ्जा, सिरिन्च, केबल, ए.बि.एस., ह्वाईट एच.पि., रंगीन एच.पि., लाइलन, कार बम्फर, रेडबुल केन, स्टील पिसि, ग्लुकोज लाइन, सि.पाइप, कसकुट पिस्टन, जिंक, जिंक एस, फ्लक्स सेतो, फ्लक्स कालो, डस्ट सेतो, डस्ट कालो, टायर, ब्याट्री, ब्याट्रीको धुलो, साबुनको माटो लगायतका बहुमूल्य सामानहरु भारत तर्फ निर्यात हुने गरेको छ ।
कबाडी तस्करीको लाइन पाएका भारतको पस्चिमी चम्पारण बेतिया जिल्ला निवासी चन्द्रकिशोर कुशवाहाले दैनिक सय देखि डेढ सय ठेला कबाड र कबाडीको नाममा कबाड सहित बहुमूल्य सामानहरु भारततर्फ तस्करी गर्ने गरेका छन् ।
कबाड र कबाडसंगै नेपाली बहुमूल्य सामानहरु ठेलामा लोड गरि कबाडीको नाममा तस्करी गर्ने गरेका छन्, र सो कार्यमा सशस्त्र प्रहरी एवं नेपाल प्रहरीका सुरक्षाकर्मीहरु सहयोगी बन्दै आएको छ ।
एउटा ठेलावालाहरुले १ टन सामान बोकेर भारततर्फ पुरयाउने गरेका छन् । कबाडी ठेलामा राखेर केयरिङ्ग गर्ने मटिअर्वा र नजदिक भारतिय गाउँका स्थानीय ब्यक्तिहरु छन । उनिहरु केयरिङ्ग गरे बापत प्रती केजि १ रुपैयाको हिसाबले लिएर सिमानाकामा केयरिङ्ग गर्ने गरेका छन ।
नेपाल भारत दुबै देशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आफ्नो देशको कबाडी आफ्नो देशमा स्क्रयाप गर्ने सम्झौता पनि भएको छ । तर सम्झौता विपरित तस्करहरुले करोडौं अर्बौको सामान कबाडीको नाममा भारत तस्करी गर्ने गरेका छन् । तस्करहरुले कबाडीको सामान मटिअर्वा नाका हुँदै भारत पुरयाउने जिम्मा पाएका छन् ।
भिडियो हेर्नु होस
प्रतिक्रिया