‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिवर्तन गर्ने शक्ति नेपालमा छैन’

मधेशपाटी अनलाइन     २०८० मंसिर ९, शनिबार २१:१६ बजे मा प्रकासित


जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधीले लोकतन्त्र विरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताउनु भएको छ ।

शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधीले सो कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि नरहेको जिकिर गर्नुभयो । निधीले एक अर्को प्रसंगमा निधिले २०८४ सम्म यही गठबन्धनको सरकार टिक्ने दाबी समेत गर्नुभयो ।

नेता निधीले गठबन्धनभित्र ३ प्रधानमन्त्रीले यो कार्यकाल चलाउने सहमति भएको र अहिलेसम्मको यही सहमतिअनुसार गठबन्धन चलिरहेको बताउनुभयो । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका मनोज चौधरी नेतृत्वको समूहलाई नेता निधीले काँग्रेसमा स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया





Top